कृष्ण कुमार शाहीको गीत “सम्झी रुन मन छ” बजारमा (भिडियो सहित)

सुस्मा  श्रेष्ठ / काठमाडौं १३ असोज – नेपाली गीत संगीतको बजारमा गायक तथा सर्जक कृष्ण कुमार शाही को गीत”सम्झी रुन मन छ” सार्वजनिक भएको छ।उक्त गीत आज केही दिन अगाडि रिलिज भएको हो।

“सम्झी रुन मन छ”बोलको गीत सुमधुर आवाज को धनी गायक कृष्ण कुमार शाही र गायिका स्मृति शाही को कोकिल्कुण्ठ स्वरमा सजिएको छ।सोही गीत गहिरो माया प्रेम पश्चात् बिछोडिएको कथा विषय बस्तु लाई समेटेर प्रस्तुत गरिएको छ । गीत मा शब्द संगीत पनि सोयम गायक कृष्ण आफै ले गरेका हुन ।

बिजय थापा ले संयोजन गरेको गीत मा मिस्किङ कृष्ण बाजुरेली ले गरेका छन। चानस पुन मगर ले सम्पादन गरेको गीत लाई निर्देशन चन्द्र मन्दिर ले गरेका हुन।

चानस पुन मगर ले छायांकन गरेको गीत को भिडियो मा उमेश,गणेश,लक्ष्मी को अभिनय नृत्य हेर्न सकिन्छ।गीत”सम्झी रुन मन छ”विशेष फिल्म्स अफिसियल युटुब च्यानल बाट बजारमा आएको हो।

गीतको पूरा भिडियो हेर्नुहोस:

Loading...
प्रकाशित मिति १३ आश्विन २०७७, मंगलवार ०१:३८