फेरि घट्यो सुनको भाउ : तोलाको कति हेर्नुहोस् ।

काठमाडौं / बिहिबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। बुधबार तोलामा ५ सय रुपैयाँले बढेको सुनको मूल्य आज २ सय रुपैयाँले घटेको हो ।

बुधबार प्रतितोला ९४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज घटेर तोलाको ९४ हजार ५ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि बढेर प्रतितोला ९४ हजार रुपैयामा कारोबार भइरहेको जनाइएको छ ।

त्यसैगरी आज चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर तोलाको ११ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Loading...
प्रकाशित मिति १५ आश्विन २०७७, बिहीबार ०९:०७