काठमाडौँ । आफ्नै आमाको हत्या गर्न लगाउने भक्तपुरकी २७ वर्षीय इश्वरी भट्टाराईलाई प्रहरीले पक्राउ गरेको छ ।
परपुरुषसँगको सम्बन्धमा आफ्नै आमाले दरार पैदा गर्नसक्ने देखिएपछि भारतबाट हत्यारा ल्याएर आफ्नै आमाको हत्या गर्न लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
६१ वर्षकी आमा सावित्रि भट्टराइको हत्याका लागि उनले १२ लाख रुपैया सुपारीबापत् दिएर भारतबाट हत्यारा नेपाल आएको अनुसन्धानबाट खुलेको छ ।
Loading...