नेपालमा कोरोनाबाट पहिलोपटक डाक्टरको मृत्यु

काठमाडौँ / नेपालमा पहिलोपटक कोरोना संक्रमणबाट एक डाक्टरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कर्णाली प्रदेश अस्पतालका ५८ वर्षीय अर्थोपेडिक सर्जन डा. हरि सापकोटा रहेका छन् । कोरोना संक्रमण पुष्टि भएका उनको उपचारका क्रममा भेरी अस्पताल बाँकेमा मृत्यु भएको हो ।

उनलाई भदौ ३१ गते कर्णाली प्रदेश कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

त्यहाँबाट उनलाई थप उपचारका लागि असोज २ भेरी अस्पताल बाँकेमा रिफर गरिएको थियो । डा। सापकोटा ११औँ तहका सरकारी डाक्टर थिए ।

Loading...
प्रकाशित मिति १५ आश्विन २०७७, बिहीबार १९:३०