सुनको भाउ : ७० हजार तोला पुग्यो

काठमाडौं, २३ साउन । आज पनि सुनचाँदीको मुल्य बढेको छ । लगातार बढेको सुनको मूल्य आज पनि ५ सय रुपैयाँले बढेको हो भने चाँदी भने १० रुपैयाँले बढेको हो ।बुधबार प्रतितोला ६९ हजार ५ सयमा कारोबार भएको छापावाला सुन बिहीबार ५ सयले बढेर ७० हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ६९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी पनि १० रुपैयाँले बढेर आज प्रतितोला ८ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

अघिल्लो साताको बिहीबारबाटै लगातार बढ्दै गएको सुनको मूल्यले दैनिक रुपमा उच्च रेकर्ड बनाएको छ । आज पनि सुनको मूल्य अहिलेसम्मकै उच्च हो भने आज चाँदीले पनि उच्च रेकर्ड बनाएको छ ।

Loading...
प्रकाशित मिति २३ श्रावण २०७६, बिहीबार ०६:४८