प्रधानमन्त्रीका सल्लाहकार द्वय सुर्य थापा र बिष्णु रिमाललाई कोरोना संक्रमण

काठमाडौं १७ असोज / प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार र प्रेस सल्लाहकारलाई पुष्टि भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापामा कोरोना संक्रमण पुष्टि भएको छ। हिजो गरिएको पीसीआर परीक्षणमा आफूमा कोरोना पुष्टि भएको थापाले जानकारी दिए ।

उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘हिजोको पीसीआर परीक्षणले ममा कोरोना पोजिटिभ देखियो । यसबीचमा सम्पर्कमा रहनुभएका सबै मित्रहरूले विशेष सावधानी अपनाउन आग्रह गर्दछु ।’

त्यस्तै प्रधानमन्त्रीका राजनैतिक सल्लाहकार विष्णु रिमालमा पनि कोरोना पुष्टि भएको छ । रिमालले सामाजिक सञ्जाल ट्विटरबाट आफू कोरोना संक्रमित भएको जानकारी गराएका हुन् ।

Loading...
प्रकाशित मिति १७ आश्विन २०७७, शनिबार ११:०९