भोजपुरमा बहुविवाह गर्ने दुई जोडी पक्राउ

भोजपुर २३ साउन /बहुविहाह गरेको आरोपमा भोजपुरमा दुई जोडीलाई प्रहरीले पक्राउ गरेको छ । अरुण गाउँपालिका–४ चरम्बीका २६ वर्षीय टंक विक र उनकी कान्छी श्रीमती १९ वर्षीय बसन्ती विकलाई प्रहरीले पक्राउ गरेको हो ।

टंककी जेठी श्रीमती अमृताको जाहेरीपछि झापाबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै, बहुविवाह गर्ने रामप्रसाद राई गाउँपालिका–५ मानेभञ्ज्याङका ३३ वर्षीय खगेन्द्र विक र उनकी कान्छी श्रीमती २६ वर्षीय हिमा राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्सपेक्टर पाण्डवकुमार राजवंशीले जानकारी दिए ।

प्रहरीले उनीहरुलाई जेठी श्रीमती मीना बराइलीको जाहेरीका आधारमा घरबाटै पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुविरुद्ध जिल्ला अदालत भोजपुरबाट म्याद थप गरेर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

Loading...
प्रकाशित मिति २३ श्रावण २०७६, बिहीबार १०:५६