शान्तिश्री परियारको स्वरमा नयाँ तीज गीत सार्वजनिक (भिडियो )

काठमाण्डौ – नजिकिदै गरेको नेपाली नारीहरुको महान चाड हरितालिका (तिज) को अवसरमा विभिन्न म्युजिक कम्पनिहरुले नयाँ- नयाँ तीज गीत ल्याउने क्रममा सुपा देउराली म्युजिकले पनि नयाँ तीज गीत बगेको पानी ढल्केको जवानी आज सार्वजनिक गरेको छ ।

गायक एवं सर्जक विनोद ढकालको लय शब्द रहेको उक्त गीतमा कमल घिमिरे र शान्ति श्री परियारको सुमधुर आवाज सुन्न सकिन्छ । गीतलाई यमन खनालले एरेन्ज गरेका हुन् भने भिडियो निर्देशन एम बि गुरुङले गरेका छन् ।

उक्त भिडियोमा एम बि गुरुङ र रितु तामाङको जिवन्त अभिनय गरेका छन् जसमा जयराम लानिछाने, गोमा लानिछाने, उदेश लानिछाने, एम.आर सुशान लामा एवं शिवराज गिरी (छालिङ्गे कान्छा) को पनि अभिनय हेर्न सकिन्छ ।

उक्त भिडियोलाई क्यामेरामा कैद मरुभुमि ले गरेका हुन् भने रोशन धितालले सम्पादन गरेका हुन् । उक्त गीत  म्युजिक ल्याब/ ढकाल विनोदकाे अफिसियल युट्युब च्यानल मा आएको  छ ।

Loading...
प्रकाशित मिति २३ श्रावण २०७६, बिहीबार १४:१०