गर्भवती महिला १४ दिन देखी सम्पर्क विहीन

अभिमन्यु लामिछाने , उदयपुर ।

कटारीकी एक गर्भवती महिला १४ दिनदेखी सम्पर्क विहीन भएकी छन् । कटारी नगरपालिका ३ च्याँगा निवासी २४ वर्षीया उमा कार्की कटुवाल गएको साउन १० गते देखि बेपत्ता भएकी हुन् ।

दिउँसो २ बजे कटारी बजारमा औषधि किन्न जान्छु भन्दै हिँडेकी उनी घर नफर्किएको परिवारले जानकारी दिएको छ । वैदेशिक रोजगारीका लागी साउदी अरब पुगेको उमाका श्रीमान् रीत बहादुर कटुवाल अघिल्लो साता नेपाल फर्केका छन् । प्रहरी र गाउँलेले उनको खोजीको लागी सम्भावित सबै ठाउँमा पुगेपनि अहिलेसम्म कुनै पत्तो लागेको छैन ।

२०७५ मङ्सिरमा कटारीका रीत बहादुर सँग विवाह गरेकी उमाको माइती घर  सिरहा जिल्लाको सर्रेआम्वासे हात्तिढुङ्गा हो । उनी घरबाट हिँडेपछि माइतीको सम्पर्कमा पनि पुगेकी थिईनन । कटारीका डिएसपी प्रेम सागर केसीका अनुसार प्रहरी देशभरका कार्यलयमा जानकारी दिएको र उनको खोजी भइरहेको छ ।

घरबाट निस्कने बेला कालो र रातो रङ्गको कुर्ता सलवार लगाएर निस्केकी उनलाई देखेको आफन्तको फोन नम्बर ९८१०००७३२७  र ९८६१९४८२३८ अथवा नजिकको प्रहरी कार्यलयमा खबर गरिदिन पनि परिवारले आग्रह गरेको छ ।

Loading...
प्रकाशित मिति २३ श्रावण २०७६, बिहीबार १७:४१