साउदीमा १ हजार ९४ नेपालीलाई ‘बहिर्गमन भिसा’ [नामावली सहित ] हेर्नुहोस्

साउदी अरबमा अवैध ढंगले बसिरहेका १ हजार ९४ जना नेपालीलाई ‘एक्जिट (बहिर्गमन) भिसा’ दिइएकाे छ ।साउदीस्थित नेपाली दूतावासको अनुरोधमा उनीहरूलाई साउदी सरकारले उक्त भिसा दिएकाे हाे ।

दूतावासका अनुसार यस भिसाका लागि प्रकृया सुरू भएदेखि हालसम्म १ हजार ९४ जना नेपालीलाई बहिर्गमन भिसा  दिइएको छ । त्यहाँका विभिन्न कम्पनी, प्रतिष्ठानहरुमा कार्यरत श्रमिककाे विभिन्न कारणले भिसा नवीकरण नभएकाे वा साउदीको आवासीय अनुमति पत्र  ‘अकामा’ नबनाइदिएकाे कारण उनीहरू गैरकानुनी ठहरिएका थिए । यसरी अवैध भएर बस्नेहरूलाई स्वदेश फिर्ता हुन सहजीकरण हाेस् भन्ने हेतुले  साउदी सरकारले बहिर्गमन भिसा दिएको हाे ।

अकामा नबनाइएका, भिसा नवीकरण नगरिएकाहरुको स्वदेश फिर्तीका लागि आवश्यक बहिर्गमन भिषाका लागि साउदी सरकारलाई गरेको अनुरोधअनुसार नै बहिर्गमन भिसा जारी गरिदिएकाे दूतावासले जनाएकाे छ । उसले बहिर्गमन भिसा पाएकाहरूले स्वदेश फिर्तीका लागि तयारी गर्न  समेत अनुरोध गरेको छ ।

Loading...
प्रकाशित मिति २३ आश्विन २०७७, शुक्रबार ०२:०७