आफू एक्टिङ सिकेको ठाउँ पुगेर जब विपिन कार्की भावुक भए…(भिडियोसहित)

काठमाडौं– ‘यदि गुरुकुल थिएटर हुँदैन थियो भने सायद म यतिखेर कलाकारिता क्षेत्रमा हुँदिन थिए होला,’ मैतिदेवी, पुरानोबानेश्वरस्थित अहिले केही अवशेषमात्रै बाँकी रहेको पुरानो गुरुकुल थिएटर पुग्दा अभिनेता विपिन कार्की अहिले पनि ‘नोस्टाल्जिक’ हुन्छन् ।

शुक्रबारबाट प्रसारण सुरु भएको सूत्र मिडिया प्रा. लिको नयाँ कार्यक्रम ‘नोस्टाल्जिया ः एक मान्छे एक इतिहास’मा पनि यस्तै दृश्य देख्न सकिन्छ । पुरानो गुरुकुल पुगेर विपिनले भावुक हुँदै आफ्नो फिल्म यात्रासम्मको कथा सुनाएका छन् ।

यो कार्यक्रममा अनिल यादवको कन्सेप्ट तथा प्रस्तुति रहेको छ । हरेक साताको शुक्रबार यो कार्यक्रमको फम्र्याटअनुसार विभिन्न क्षेत्रका सेलिब्रेटीहरुसँग उनीहरुका विगतबारे विल्कुलै अनौपचारिक शैलीमा कुराकानी हुने बताइएको छ । ‘कार्यक्रममार्फत उनीहरुका जीवनका मिठास–तित्तता, पुर्णता–रित्तता, मुस्कान–उदासी, गाली–स्याबासी, मिलन–विछोड, घटाउ–जोड, बाल्यकाल, संघर्ष आदि देखाउने प्रयत्न हुनेछ,’ कार्यक्रमका प्रस्तोता अनिल यादवले भने ।

विपिन कसरी भावुक भए त, बाँकी कार्यक्रममै हेर्नुस् :

Loading...
प्रकाशित मिति २३ आश्विन २०७७, शुक्रबार १२:४९