‘माया मनभरी’ (भिडियो)

काठमाडौं २४ साउन । गायिका तृश्ना गुरुङको नयाँ गीत ‘माया मनभरी’ सार्वजनिक भएको छ । मायाको भावले भरिएको यस गीतलाई तृश्नाले आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेकी छिन् ।

गीतमा शब्द तथा संगीत मबिन्द्र राई र गायिका गुरुङको आफ्नै रहेको छ भने एरेन्ज शनी सुमनले गरेका छन् । रितेशराज गुरुङ र सुजता थुलुङ राईले उक्त म्यूजिक भिडियोमा अभिनय गरेका छन् ।

गीतको छायाँङ्कन बलराम बुढाथोकी (बल्लु) ले गरेका हुन् । म्यूजिक भिडियोलाई बिजु कर्माचार्य र सतिज श्रेष्ठले सम्पादन गरेका छन् ।

गायिका गुरुङको खनी हो यामुरे, गुरासै फुल्यो, ए नि लै लै, साँझको बेला, गाईने दाजैले जस्ता दर्जनौं गीत चर्चामा छन् ।

Loading...
प्रकाशित मिति २४ श्रावण २०७६, शुक्रबार ०८:१२