शनि विश्वकर्माको सबैलाई रुवाउने दोस्रो गीत सार्वजनिक

आइ एम ई नेपाल लोक स्टार बिजेता गायक शनि विश्वकर्माको दोस्रो गीत ‘साइत’ सार्वजनिक भएको छ । ३ हप्ता अगाडि सार्वजनिक गरिएको शनी विश्वकर्माको पहिलो गीत झुम्का झलक्कै लाई दर्शकले सर्वाधिक रुचाएका छन् ।

उक्त गीतले युट्युब ट्रेन्डिङको स्थान ओगट्न सफल सफल भएको थियो ।  गायक शनी विश्वकर्मा र शान्ता रानी परियारको स्वरमा ‘साइत…’ सार्वजनीक भएको छ । राेल्पाका शनि विश्वकर्मा लोक गायन रियालिटी शो ‘नेपाल लोक स्टार’ को विजेता भएका थिए।

निर्देशक तथा मोडल धुर्व हिमाली र सुनिता भण्डारीको दमदार अभिनयमा लोकदोहोरी गीत ‘साइत’ मंगलबारमात्रै सार्वजनीक भएको हो ।ध

दर्जनौं गीतहरुमा अभिनय गरेका धुर्ब हिमालीको निर्देशनमा तयार गरिएको गीतमा मञ्जित पहाडीको शब्द रहेको छ । अमितबाबु रोकायाको संगीत रहेको गीतको सम्पादन मनोज कार्कीले गरेका हुन् ।

संगीतकार अमितबाबु रोकायाकै युट्युब च्यानलबाट सार्वजनीक भएको गीतको भिडियो छोटोसमयमा नै निकै लोकप्रिय बनेको छ ।

हेर्नुहोस् भिडियो:

Loading...
प्रकाशित मिति २७ आश्विन २०७७, मंगलवार १६:३०