आज पनि घट्यो सुनको भाउ , हेर्नुहोस् तोलाको कति ?

काठमाडौ २८ असोज / नेपाली बजारमा बुधबार सुनको मुल्य घटेको छ ।

मंगलबार तोलामा ९५ हजार १ सय रुपैयामा कारोबार भएको छापावाल सुनको मूल्य आज ६ सय रुपैयाँले घटेर ९४ हजार ५ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज तेजावी सुन पनि ६ सय रुपैयाँले घटेर ९४ हजार रुपैयाँमा कारोबार भएको छ । त्यस्तैगरी आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेर १२ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

महासंघका अनुसार यसअघि मंगलबार चाँदीको मूल्य प्रतितोला १२२५ मा कारोबार भएको थियो ।

Loading...
प्रकाशित मिति २८ आश्विन २०७७, बुधबार ०६:३१