मन्त्रिपरिषद् पुनर्गठन : तीन मन्त्री थपिए, दुई मन्त्रालय हेरफेर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको छ ।  रिक्त रहेका तीन मन्त्रालयमा नयाँ मन्त्री थपिएका हुन् ।

मन्त्रिपरिषदको १२औं पटक विस्तार गर्नुभएका प्रधानमन्त्रीले रिक्त रहेका अर्थ मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्रालयमा नयाँ मन्त्रीलाइ जिम्मेबारी ताेक्नुभएकाे छ । अर्थ मन्त्रीमा विष्णु पौडेल, सहरी विकास मन्त्रीमा कृष्णगोपाल श्रेष्ठ र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा लिलानाथ नियुक्त हुनुभएको छ ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीको नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तीमा जनाइएको छ । प्रधानमन्त्री ओलीले दुई मन्त्रीको जिम्मेवारी हेरफेरसमेत गर्नुभएको बताइएको छ ।

Loading...
प्रकाशित मिति २८ आश्विन २०७७, बुधबार १२:५२