भिडियोमा हेर्नुहोस् पल शाहको विवाह

काठमाडौं २८ असोज / पछिल्लो समयको ब्यस्त मोडल एवंम नायक पल शाह र रियाशा दाहालले एक म्युजिक भिडियोमा दुलहा दुलहीको भुमिका निभाएका छन् । काठ क्षेत्रको लोकदोहोरी गीतमा पल र रियाशाले अभिनय गरेका हुन् ।

बुधबार भक्तपुरमा छायांकन गरिएको गीतको अफिसियल भिडियो भने केही दिनमै युट्युबमा सार्वजनिक गरिने निर्माण टिमले जानकारी दिएको छ । तर, यता युट्युबमा सुटिङको क्रममा कैद गरिएको तस्बिर र भिडियो भने भाइरल भइरहेको छ ।

कोरोना महामारीको कारण चलचित्र हलहरु बन्द भएतापनि अभिनेता पल शाह भने म्युजिक भिडियो र सामाजिक कार्यमा ब्यस्त छन् ।

केहिदिन यता पल शाह फिचर्ड म्युजिक भिडियोले ट्रेन्डिङ भरिएको छ । पल शाहको दिनहुँजस्तो म्युजिक भिडियो युट्युबमा सार्वजनिक भइरहेको छ ।

त्यस्तै रियाशा दाहालको पनि ब्यस्तता उतिकै लोभलाग्दो छ । म्युजिक भिडियो देखि चलचित्र र सिरियलमा ब्यस्त रियाशा अभिनित चलचित्र लक्ष्मी पुजाको गीत आज सार्वजनिक भएको छ ।

सुटिङ रिपोर्ट भिडियो हेर्नुहोस् ।

Loading...
प्रकाशित मिति २८ आश्विन २०७७, बुधबार १६:०५