आजको सुनको भाउ यस्तो छ : हेर्नुहोस् तोलाको कति ?

काठमाडौं, २९ असोज / बिहीबार सुनको भाउ स्थिर रहेको छ । बुधबार सुन ९४ हजार ५०० मा कारोबार भएको थियो । आइतबार ८ सय रुपैयाँले बढेर ९५ हजार ६०० मा कारोबार भएको सुन सोमबार स्थिर रहेको भएपनि मंगलबार भने ५ सयले घटेको थियो ।

मंगलबार ९५ हजार १ सयमा कारोबार भएको सुन बुधबार ९४ हजार ५ सयमा कारोबार भएको थियो । आज विहिबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार तेजाबी सुनको आजको मूल्य ९४ हजार कायम गरिएको छ ।

यता चाँदीको भाउ भने आज ५ रुपैयाँ घटेको छ । आज चाँदी १ हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Loading...
प्रकाशित मिति २९ आश्विन २०७७, बिहीबार ०६:२५