काठमाडौं / चलचित्र ‘लक्ष्मी पूजा’को गीत रिलिज भएको छ । फुरफुर पुतलीु बोलको गीत बुधवार युट्युबमा सार्वजनिक गरिएको हो ।
सार्वजनिक गीतमा सलोन बस्नेत र रियाशा दाहालको अभिनय रहेको छ । गीतमा चलचित्रका मुख्य कलाकार जय किशन बस्नेत, जाह्नवी बस्नेत, अस्मिता जुरेलीलाई पनि देख्न सकिन्छ ।
मान्डवी त्रिपाठी र अंकित न्यौपानेको स्वर रहेको गीतमा विपिन आर्चायले सङ्गीत भरेका छन् । गीतलाई राम्जी लामिछानेले कोरियोग्राफी गरेका हुन् ।
समिर मियाँले निर्देशन गरेको चलचित्रलाई शोभित बस्नेतले निर्माण गरेका हुन् ।
जाह्नवी बस्नेतको दोहोरो भूमिका रहेको चलचित्रमा सलोन बस्नेत र रियाशा दाहाल विशेष भूमिकामा देखिनेछन् । सलोन सलिना फिल्मस्को ब्यानरबाट निर्माण भएको यस चलचित्र यही दशैँमा डिसहोमबाट रिलिज गर्ने तयारीमा निर्माण पक्ष छ ।