आज बढ्यो सुनको भाउ : तोलाको कति हेर्नुहोस्

काठमाडौं ३० असोज /  आज ( शुक्रबार ) बजारमा सुनको भाउ तोलामा ४ सय रुपैयाँ बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९४ हजार ९०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन बिहीबार सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

शुक्रबार चाँदीको मूल्य स्थिर रहेको छ । यस दिन चाँदी प्रतितोला एक हजार २०० रुपैयाँमा किनबेच हुँदैछ । बिहीबार चाँदी आजकै मूल्यमा कारोबार भएको थियो

Loading...
प्रकाशित मिति ३० आश्विन २०७७, शुक्रबार ०६:५४