प्रकाश सपूत र केकी अधिकारी अनार चामलको ब्रान्ड एम्बेसडरमा नियुक्त

काठमाडौं ०१ कार्तिक /लोकप्रिय गायक तथा मोडल प्रकाश सपूत र नायिका केकी अधिकारीको पछिल्लो समय सहकार्य बढ्दै गइरहेको छ । केही म्युजिक भिडियोहरुमा सँगै काम गरेका प्रकाश सपुत र  केकी अधिकारी अनार चामलको ब्रान्ड एम्बेेेसडरमा जोडिएका छन् ।

अनार चामल केही बर्षयता बजारमा उपलब्ध छ । यसलाई नयाँ ब्राण्डिङ सहित अझ विशेष तरिकाले प्रस्तुत गर्ने उद्देश्यले शान्वि इन्टरनेशनल प्रालिले घटस्थापनाकै दिन सामाजिक दुरीका साथ एक कार्यक्रमको आयोजना गर्दै अनार चामलको वारेमा जानकारी दिएका छन् ।

कर्पोरेट कमपनिहरुले पछिल्लो समय नेपाली फिल्मकर्मी र सेलेब्रेटीसँग आफ्नो सम्बन्ध बढाउँदै गईरहेको अवस्था छ । यसैमा शान्वि इन्टरनेशनल प्रालिले अनार चामलको ब्राण्डिङका लागि अभिनेत्री केकी अधिकारी र गायक प्रकाश सपुतलाई ब्राण्ड एम्बेसडरको रुपमा नियुक्त गरि सम्बन्ध बढाएका छन् ।

केकी विगत दुईबर्षदेखी नै अनार चामलकी ब्राण्ड एम्बेसडर हुन् भने प्रकाश यस बर्षका लागि नियुक्त भएका हुन् । अब केकी र प्रकाशले एक बर्षसम्म अनार चामललाई नेपाली बजारमा ब्राण्डिङ गरिने बताइएको छ ।

हुन त मैले सपना देख्दा  डिटेलमै देखेको थिए । यात्रामा बाटो वरपर देखिने होर्डिङ बोर्डका तस्बिरहरुमा  आफुलाई रिप्लेस गरेर हेर्थे । बडो मजा आउथ्यो । त्यो परिकल्पना थियो ! सपना थियो । समय लाग्छ तर सपनाहरु पुरा हुन्छन । विज्ञापन मेरो सपना र रुचिको विषय हो तर व्यवसायिक हिसाबले मेरो लागि बिज्ञापन बजार नया हो भने विज्ञापन बजारका लागि म नया हु !  अनअफिसिय सहकार्य थुप्रै ब्राण्ड संग गरे पनि अफिसियल रुपमा ब्राण्ड एम्बेसडर भएर DNA clothing ब्राण्ड पछि  शान्भी ईन्टरनेशनल कम्पनीको #अनार_चामल ब्राण्ड संग जोडिएको छु । कस्तो संयोग,  एउटा खाने ब्राण्ड अर्को लाउने ब्राण्ड । यसरी उच्च कोटीको खाने/ लाउने ब्राण्डको प्रमोशन गरेर पाएको धेर थोर कमाई  सजिलै खान लाउन नपुग्ने नेपाली परिवारमा सेयर गर्न सकु । धन्यबाद तपाईहरुलाई यो माया को लागि / यो विश्वास को लागि ।  – प्रकाश सपूत 

कम्पनिका अध्यक्ष भरत चलाउनेले चामलहरुको बीचमा अनार फरक स्वाद सहित आएको बताएका छन् । नेपालीहरुको स्वास्थ्यलाई ध्यानमा राखेर गुणस्तरयुक्त अनार अब हर नेपालीको भान्सामा पाक्ने विश्वास सहित अनार चामललाई बजारमा ल्याइएको अध्यक्ष चलाउनेले बताएका छन् ।

 

Loading...
प्रकाशित मिति १ कार्तिक २०७७, शनिबार ०८:५३