वीरगन्जबाट २३ किलो सुन बरामद

पर्साको वीरगञ्बाट प्रहरीले २३ किलो सुन बरामद गरेकाे छ । सुन राख्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर ५ को गणेश अपार्टमेन्टमा छापा मारेर २३ किलो सुन बरामद गरिएको पर्सा प्रहरीले जनाएको छ ।

प्लाष्टिकका पोका पारेर राखिएको अवस्थामा सुन बरामद भएको र सुन कसले राखेको भन्नेबारेमा केहि नखुलेको डीएसपी नवजित कुँवरले जानकारी दिनुभयो ।

अनुसन्धान सुरु भइसकेको र सुन राख्ने व्यक्ति छिटै पक्राउ पर्ने कुँवरले बताउनुभयो । फाइल तस्बीर 

Loading...
प्रकाशित मिति १ कार्तिक २०७७, शनिबार ०९:५९