सम्झना गुरुङ र सुर्य बिसीको तीज कोसेली ‘ ढल्की ढल्की नाच मायालु’ सार्वजनिक

काठमाडौं २५ साउन / हिन्दु नारीहरुको महानपर्व हरितालिका नजिकिँदै गर्दा सांगीतिक बजार तीज ग‌ीतमय भएको छ , अघिल्लो बर्षको तुलनामा यो बर्षपनि मौलिक सृजनाहरु आउने क्रम जारी देखिन्छ, जस् भित्र गायक तथा सर्जक सुर्य विसीले पनि तीज विशेष नयाँ कोसेली ‘ढल्की ढल्की नाच मायालु’ लिएर बजारमा आएका छन् ।

स्वरकी धनी गायिका सम्झना गुरुङ र गायक सुर्य विसिको स्वरमा रहेको यश गीतमा गायक स्वयम् बिसीकै शब्द संकलन र संगीत संयोजन रहेको छ ।

छम छम नाच मायालु

लरक्क कम्मर भाँच मायालु

यश गीतको भिडियोमा प्रकाश क्षेत्रीको निर्देशन,विरेन्द्र भट्टको छायांकन र अनिल लामाले सम्पादन गरेका हुन् । मोडेल मदन र रेस्माले कम्मर मर्काएको भिडियो मदन खड्काले कोरियोग्राफी गरेका छन् ।

सर्व सम्मान म्युजिक प्रालीले बजारमा ल्याएको उक्त गीतको पूरा भिडियो हेर्नुहोस् ।

Loading...
प्रकाशित मिति २५ श्रावण २०७६, शनिबार ०२:११