सलोन र स्मिताले कसे लगनगाँठो ( भिडियो हेर्नुहोस् )

काठमाडौं ०१ कार्तिक / राजनराज शिवाकोटीको शब्द संगीतमा गीति भिडियो ‘मायाले मलाई बोलायो’ सार्वजनिक भएको छ । शुक्रबार युट्युव मार्फत वर्ल्ड प्रिमियर गरिएको गीतमा स्वर स्मिता दाहालको छ ।

सार्वजनिक गीतमा संगीत एरेञ्ज दिक्षित पौडेलले गरेका छन् । प्रेमिल भावको गीतको भिडियोमा गायिका स्मितासँगै अभिनेता सलोन बस्नेत फिचर्ड छन् । युवा अवस्थासम्म जीवित रहेको बाल्यकालदेखिको प्रेम र त्यसको प्राप्तिमा प्रेमी प्रेमिकाले भेटेको खुशीलाई गीतले बोलेको छ ।

सलोन र स्मितासँगै सुमी गुरुङ, प्रकाश घिमिरेको साथमा वाल कलाकार सलिन राना र अल्फा शाह ठकुरी भिडियोमा फिचर्ड छन् । भिडियोमा सलोन र स्मिताको बाल प्रेम विवाहमा परिणत भएको देखाइएको छ ।

शिशिर खातीको निर्देशनमा तयार भएको भिडियोलाई छायांकन शंकल भुजेलले गरेका छन् भने सम्पादन वनिश शाहले गरेका छन् ।

कोरियोग्राफी आर्जु बैजुको छ । गीतको शब्द संगीत जस्तै भिडियोमा समावेश दृश्यहरु पनि मनमोहक छन् ।

Loading...
प्रकाशित मिति १ कार्तिक २०७७, शनिबार १६:३१