एलिना चौहानको ‘दशैं तिहार आयो’…

काठमाडौं / गत शनिबारबाट दशैं शुरु भएसँगै दशैंका गीतहरु आउने क्रम पनि बढ्दो छ । यही क्रममा गायिका एलिना चौहान र अस्मिता जुरेलीको स्वरमा रहेको गीत ‘दशैं तिहार आयो’ सार्वजनिक भएको छ । गीतमा डीपी खनालको शब्द तथा शिव विकको संगीत छ । गीतमा सन्जीब बराइलीको एरेन्ज छ ।

शिव विककै निर्देशन रहेको भिडियोमा एलिना र अस्मितासँगै नीर शाह, सुभेक्षा थापा, समिर खान, शिव विक, जोन बी बाम, कविता गौतम, वर्षा श्री कोइराला, उषिका विक, कशिष रेग्मी, सीमीए सुनुवार फिचर्ड छन् ।

भिडियोमा सौरभ लामाको छायांकन, मिलन विश्वकर्माको सम्पादन र रंग तथा शिवकै कोरियोग्राफी छ । भिडियो बुढासुब्बा डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

Loading...
प्रकाशित मिति ३ कार्तिक २०७७, सोमबार १४:३३