कैलालीमा प्रहरी ह’त्या गर्ने ७ अभियुक्त सार्वजनिक

कैलालीमा प्रहरी ह त्या प्रकरणमा संलग्न सात अभि’युक्तलाई प्रहरीले सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले मंगलबार पत्रकार सम्मेलन गर्दै अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरिक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको ह त्यामा संलग्न भएको आ’रोपमा प’क्राउ परेका ७ जनालाई सार्वजनिक गरेको हो।

प’क्रा उ पर्नेमा धनगढी उपमहानगरपालिका वडा नम्बर १० का ३१ वर्षीय पंकु भनिने रोहित राना, २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भनिने सुरेश राना, २५ वर्षीय गब्बर भनिने राजकुमार राना, वर्ष २२ को रामनिवास राना, २९ वर्षीय टल्लु भनिने दलराम राना र वडा नम्बर ११ बस्ने २५ वर्षीय गोपाल भनिने रामगोपाल राना रहेका छन्।

उनीहरुले नेपालबाट भारत सामान त’स्क’री गर्दा प्रहरीले अवरोध सिर्जना गरेपछि आ’क्र मण गरी ह त्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ। प्रहरीले अनुसन्धानका लागि १६ जनालाई नियन्त्रणमा लिएकोमा ७ जनाको संलग्नता देखिएको जनाएको छ।

गत शनिबार राति नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्जसमेत रहेका बिक र प्रहरी जवान बे प त्ता भएका थिए। उनीहरुलाई राति १० बजे सम्पर्क गर्दासमेत फोन नलागेपछि बिहानसम्म प्रतीक्षा गर्दासमेत नआएपछि खोजी गरिएको थियो।

खोजी गर्ने क्रममा प्रहरी सहायक निरीक्षक बिकको श व आइतबार बिहान धनगढी उप–महानगरपालिका वडा नम्बर १० को नेपाल–भारत सीमा स्थित मोहना नदीमा भेटिएको थियो । बिक भेटिएकै मोहना नदी क्षेत्रमा मंगलबार प्रहरी जवान साउदको श’व पनि फेला परेको थियो ।

 

Loading...
प्रकाशित मिति ४ कार्तिक २०७७, मंगलवार १२:५६