फेरि बढ्यो सुनको भाउ : तोलाको कति हेर्नुहोस् ।

काठमाडौँ  / नेपाली बजारमा बुधबार सुनको मूल्य बढेर कारोबार भइरहेको छ । तीन दिनदेखि स्थिर रहेको सुनको मूल्य आज प्रतितोला आठ सय रुपैयाँले बढेर कारोबार भएको हो ।

आज छापावाला सुन प्रतितोला ९५ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार छापावाला सुन ९४ हजार सात सय रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो । आइतबारदेखि मंगलबारसम्म कायम रहेको उक्त मूल्य आज आठ सय रुपैयाँले बढेको हो ।

आज तेजाबी सुन प्रतितोला ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी चाँदीको मूल्य ३० रुपैयाँले बढेर प्रतितोला एक हजार दुई सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

Loading...
प्रकाशित मिति ५ कार्तिक २०७७, बुधबार ०६:१५