दशैंमा ह्वात्तै बढ्यो प्याजको भाउ : हेर्नुहोस् केजीको कति छ ?

काठमाडौं ०५ कार्तिक / नेपाली बजारमा सुकेको प्याजको मूल्य बढेको छ ।  बडा दशैं शुरु भए लगत्तै नेपाली बजारमा प्याजको मूल्य बढेको हो ।

बजारमा प्याजको मूल्य सोमबारको तुलनामा आज बढेको छ । प्याजको मूल्य प्रतिकिलो १४ रुपैयाँले बढेको हो ।

कालीमाटी फलफुल तथा तरकारी बजारमा मंगलबार प्याजको थोक मूल्य अधिकतम १ सय ३५ रुपैयाँ र न्यूनतम १ सय ३० रुपैयाँ तोकिएको छ भने औसत मूल्य  १ सय ३२ रुपैयाँ तोकिएको छ ।

प्याजको मूल्य यसअघि सोमबार किलोको एक सय १८ रुपैया रहेको थियो । चाडबाड नजिकिएसँगै बजारमा प्याजको मूल्य बढ्दै गइरहेको हो ।

Loading...
प्रकाशित मिति ५ कार्तिक २०७७, बुधबार ०६:३५