काठमाडौं उपत्यकामा थपिए ३१०७ संक्रमित (विवरण सहित )

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३ हजार १०७ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन्। काठमाडौंका २ हजार ३९१, भक्तपुरका १ सय ७३ जना र ललितपुरका ५ सय ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ५ हजार ७४३ जनालाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख ४४ हजार ८७२ पुगेको उनले बताए।

यस्तै पछिल्लो २४ घण्टामा २ हजार ९९६ जना कोरोनामुक्त भएपछि हालसम्म निको हुनेको कुल संख्या ९९ हजार ६०५ पुगेको गौतमले जानकारी दिए ।

Loading...
प्रकाशित मिति ५ कार्तिक २०७७, बुधबार ११:१०