कोरोना संक्रमणबाट कांग्रेस नेताको मृत्यु

नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तेजबहादुर पुनको कोरोनाका कारण निधन भएको छ । ५० वर्षीय पुनको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको बताइएको छ ।

नेपाल आदिवासी जनजाती संघ डोटीका अध्यक्ष समेत रहेका उनलाई स्वास्थमा समस्या आएपछि उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो ।

अस्पतालका अनुसार उपचारकै क्रममा उनको बुधबार निधन भएको हो । उनलाई मंगलबार कोरोना पुष्टि भएको थियो ।डोटीको केआई सिंह गाउँपालिका—४ वायल निवासी पुन कोरोना संक्रमणबाट मृत्यु हुने पुन डोटीका पहिलो व्यक्ति हुन् ।

पुनको शव नेपाली सेनाले व्यवस्थापन गर्ने तयारी भइरहेको बताइएको छ ।डोटीमा कोरोना संक्रमितको संख्या एक हजार दुई सय ७२ पुगेको छ ।

Loading...
प्रकाशित मिति ५ कार्तिक २०७७, बुधबार १३:५१