भक्तपुरमा कालिज ब्यवसाय सुरु

  • राम गोपाल तमखु

भक्तपुर, श्रावण २५ । भक्तपुर जिल्लामै पहिलो पटक कालिजको ब्यवसायिक उत्पादन सुर्यबिनायक नगरपालिका वडा नं. ८ सिपाडोलमा सुरु गरिएको छ । जिल्लामै पहिलो पटक कल्पित वाइल्ड लाइफ एग्रो सेन्टरले सरकारबाट स्वीकृति लिएर कालिजको व्यावसायिक पालन सुरु गरेको हो ।

कालिज गाँउ घरको जंगलमा पाइने एउटा पंक्षी हो । नेपालको धेरै जंगलहरुमा कालिज देखिन सकिन्छ । तर सरकारले ल्याएको नयाँ कानूनसँगै शहर बजारमा समेत यसको ब्यवसायिक उत्पादन गर्न थालिएको छ । रोजगारीको सिलसिलामा ११ वर्ष कतारमा बसेर आएका एग्रो सेन्टरका सञ्चालक तथा प्रोपाइटर आशिष उपाध्यायले सुरुमा होटल व्यवसाय गरेता पनि हाल आएर बुवाको सल्लाह र अन्य दुई साथिको सहकार्यमा कालिज पालन शुरु गरेको हो ।

उनले हाललाई ३०० ‘रिङ नेक’ जातको कालिज पालिएको बताए । युरोपबाट ल्याएका ४ हजार अण्डा ल्याई ह्याचारीमा उत्पादन गर्न दिइएको र चल्ला उत्पादनपछि यहाँ ४ हजार भन्दा बढी हुने उनले जानकारी दिए । उनले २ रोपनी जग्गा आफ्नो र ८ रोपनी जग्गा भाडामा गरी १० रोपनी क्षेत्रफलको जग्गामा करिब १५ लाख लगानीमा कालिज पालन व्यवसाय सुुरु गरिएको हो । जेठदेखि उत्पादन सुरु गरिएको उक्त कालिज मंसिरमा खान योग्य हुने जानकारी उनी बताउँछन् ।

करिब ६ महिना पालेपछि मात्र कालिजको मासु खान योग्य हुने समेत उनले बताए । एक दिने चल्लालाई प्रति गोटा २ हजार रुपैयाँमा खरिद गरेर ल्याइएको कालिज बजार सम्म पुग्दा ३ हजार ५ सयदेखि ४ हजार सम्ममा बिक्री गर्न सकिने आशिषले जानकारी बताएका हुन् ।

Loading...
प्रकाशित मिति २५ श्रावण २०७६, शनिबार ११:२०