पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई दम्पत्तिलाई कोरोना संक्रमण

काठमाडौं ०८ कार्तिक /  पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई दम्पत्तिलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

शुक्रबार गरिएको परीक्षणमा पूर्व प्रधानमन्त्री भट्टराई दम्पत्तिलाई नै कोरोना संक्रमण पुष्टि भएको उनले ट्वीट गर्दै जानकारी दिएका छन् ।

दुवै जना अहिले होम आइशोलेशनमा बसेका छन् ।

हिसिला र म दुबैलाई कोभिड-१९ को संक्रमण पुष्टी भएको छ।कार्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटीभ आएको हो।चिकित्सकहरूको सल्लाह बमोजिम हामी होम आइसोलेसनमा नै रहनेछौं! केही समय यता हाम्रो सम्पर्कमा रहनुभएका महानुभावहरू सबैले सतर्कता अपनाउनुहुन विशेष आग्रह छ!

Loading...
प्रकाशित मिति ८ कार्तिक २०७७, शनिबार ०३:२०