दशैंमा टिका लगाउँदा ध्यान दिनुपर्ने १२ कुराहरु ( पढ्नुहोस्)

जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेका यस पटक टीका लगाउँदा ध्यान पुर्याउनुपर्ने १२ सुझावहरु

१. दुवै पक्षले मास्क लगाएर मात्र टीका लगाउने

२. ६ फिटको दुरी कायम गरेर बस्ने

३. सकभर हातमा टीका जमरा लिने अनि आफैँ निधारमा लगाउने

४. टीका दिनेले प्रत्येक पटक हात धुने

५. हात पुछ्ने रुमाल/टावेल एक अर्कामा सेयर नगर्ने

६. एकजनालाई टीका लगाउने काम १ मिनेटभित्र सक्ने

७. घरभित्र हैन, घरबाहिर आँगन, बरण्डा, बगैचा वा अन्य खुला ठाउँमा बसेर टिका लगाउने

८.  मास्क पटक्कै नखोल्ने। पानी, चिया, कफी, खाजा, खाना आफ्नो घरमा गएर मात्र खाने

९. साबुनपानीले हात धोइरहने

१०. भीडभाड पटक्कै नगर्ने

११. दक्षिणा लेनदेन नगरे राम्रो। दक्षिणा लेनदेन गर्नै पर्ने भएमा अघिल्लो दिन हात राम्रोसंग धोएर, पैसालाई खाममा राखेर तथा सुख्खा हातले लेनदेन गर्ने

१२. सकभर फोन वा नेटबाट आशिर्वाद तथा शुभकामना आदानप्रदान गर्ने

नेपाल पञ्चाङ्ग निर्णायक समितिले विसं २०७७ को विजयादशमीलगायत दशैँका विभिन्न साइत सार्वजनिक गरेको छ ।

दूर्गा पक्षसमेत भनिने दशैँको पहिलो दिन वैदिक सनातन धर्मावलम्बीले घरघरमा दियो, कलश र गणेश स्थापना गरी विशेष पूजासहित घटस्थापना गर्छन् ।

यस वर्ष घटस्थापनाका दिन चित्रा नक्षत्र परेकाले दोष नाश गर्ने अभिजित् मुहूर्त दिनुपर्दा ११ः४६ बजेको साइत निस्किएको समितिले जनाएको छ । नवरात्र शुरु हुने घटस्थापनाको साइतका लागि लग्न र बेला पनि उपयुक्त दिइएको जनाइएको छ ।

घटस्थापना गरिएको कलशको मुखमा नवदुर्गालाई आह्वान गरी नौ रात १० दिनसम्म विधिपूर्वक पूजा आराधना एवं दुर्गा सप्तशती चण्डी, देवीभागवत्, देवी स्तोत्रलगायत देवीको महिमागान गाइएका श्लोक वाचन एवं पाठ गरिन्छ ।

देशभरका शक्तिपीठमा घटस्थापनाकै दिनदेखि विशेषरूपमा भक्तजनको भीड लाग्ने भए पनि यस वर्ष कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकाले भौतिक दूरी कायम गरी दर्शन गर्नुपर्ने अवस्था छ । हाल गुह्येश्वरीलगायत राजधानीका मुख्य शक्तिपीठमा भक्तजनलाई दर्शन गर्न दिइएको छैन ।

कात्तिक २ गते आइतबार बिहान १०ः५३ बजे पश्चिम फर्केर झण्डा फेर्ने साइत दिइएको छ । विशेषगरी नेपाली सेनाले झण्डा फेर्ने गरेको जनाइएको छ । कात्तिक ५ गते बुधबार पचली भैरव यात्राको साइत जुरेको छ ।

कात्तिक ७ गते शुक्रबार फूलपाती छ । फूलपाती भित्र्याउन साइत आवश्यक पर्दैन । विशेषगरी बेलुकी नवदुर्गा स्थापना गरी घटस्थापना गरिएको पूजा कोठा अथवा दशैँ घरमा फूलपाती भित्र्याइन्छ ।

कात्तिक ७ गते शुक्रबार फूलपातीकै दिन बिहान ८ः५६ बजे तुलजा भवानीको यात्रा चलाउने साइत छ । यात्रा सकेर बिहान १०ः१४ बजे तुलजा भवानीलाई स्थिर आसनमा राख्ने साइत निस्किएको समितिले जनाएको छ ।

कात्तिक ८ गते शनिबार महाअष्टमी पर्व मनाइन्छ । यस दिन बलि दिनेले बलिसहित देवीको पूजा आराधना गर्छन् । बेलुकी कालरात्रि मनाइन्छ । कात्तिक ९ गते आइतबार महानवमी पर्व पनि शक्तिपीठमा पूजा आराधना गरी मनाइन्छ ।

Loading...
प्रकाशित मिति ९ कार्तिक २०७७, आईतवार ११:५९