भोजपुर बाट विराटनगर आउँदै गरेको बस दुर्घटना

  • कविता खड्का

टेम्केमैयुङ गाउँपालिकाको अन्नपुर्णबाट विराटनगरका लागि छुटेको बस दुर्घटना भएको छ । दुर्घटनामा परी १० जना घाइते भएका छन् ।

मे १ ख ३१६४ नम्बरको बस भोजपुर नगरपालिकाको वडा नमबर ३ र ४ को सिमानामा पर्ने चम्पिरे खोला नजिकै दुर्घटना भएको हो । आइतबार बिहान घुम्तीमा अनियन्त्रित भई बस सडकको नालीमा खस्दा १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घाइतेमध्ये ७ जना अस्पताल भर्ना भएको र दुई जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

घाइतेको जिल्ला अस्पताल भोजपुरमा उपचार भईरहेको छ । गम्भिर घाइते हुनेमा झापाका सहचालक अर्जुन लिम्वु, भोजपुर नगरपालिका ३ की २२ वर्षीय संगिता प्रधान रहेका छन् । प्रहरीका अनुसार उनीहरुको टाउको गम्भीर चोट लागेको छ । घाइतेहरुमा भोनपा ३ वस्ने २४ वर्षीय मनिशा श्रेष्ठ, १७ वर्षीय अस्मिता श्रेष्ठ, ३१ वर्षीय गोविन्द प्रधान र सोही वडाका ११ वर्षीय बालक विवेक श्रेष्ठ रहेको प्रहरीले जानकारी दिएको छ ।

त्यस्तै, इलाम घर भएका बस धनी ३५ वर्षीय अर्जुन लिम्बु, टेम्केमैयुङ गाउँपालिका ३ की ५५ वर्षीय गंगादेवी राइर्, मोरङ घर भएकी २१ वर्षीय सविना गौतम भट्टराई र चालक इलाम घर भएका सन्तकुमार फागो सामान्य घाइते भएको प्रहरीले भएका छन् । दुर्घटनापछि प्रहरीले चालकलाई नियन्त्रण लिएको छ

Loading...
प्रकाशित मिति २६ श्रावण २०७६, आईतवार ०३:३५