आज पुत्रदा एकादशी : निसन्तान जोडीले व्रत बस्दा हुन्छ पुत्र प्राप्ति

काठमाडौं । संस्कृतमा एघारौ दिनको तिथि लाइ एकादशी भन्ने गरिन्छ भने एकादशी भन्ने बित्तिकै हिन्दु पंचांग पात्रोमा एक पबित्र तिथि वा दिनको रुपमा लिने गरिन्छ।  एकादशी तिथि यति पवित्र छ कि यस दिन मानिसहरु आफ्नो कर्म तथा बचनलाई पनि ख्याल गर्ने गर्छन् । नराम्रो काम नगर्ने, परनिन्दा साथै क्रोध र हिंसा गर्न चाहँदैनन् ।

एकादशीका दिन भगवान विष्णुको आराधना गरिने र व्रत बसी चोखो फलाहार ग्रहण गर्ने  गरिन्छ। साउन महिनाको  शुक्लपक्षको समयमा पर्ने एकादशीलाई साउन पुत्रदा एकादशी भन्ने गरिन्छ । यसलाई ‘पवित्र एकादशी’ र ‘पवित्र्रोपना एकादशी’ पनि भनिन्छ।  साउन महिनामा पर्ने पुत्रदा एकादशी भगवान विष्णुलाई समर्पित गर्ने गरिन्छ।

यस दिन पुत्रको कामना वा नि:सन्तान जोडीले भगवान विष्णुको व्रत बसी, उनको आराधना गरेमा पुत्रको वरदान वा पुत्र योग पाउने मान्यता छ। साथै यसदिन  विष्णुको अनुयायी वैष्णवहरूको लागि विशेष दिनको रुपमा लिने गरिन्छ।

पुरातन समाजमा पुत्रलाई बुढेसकालको सहारा भनेर लिने गरिन्छ।  यहाँसम्म कि श्राद्ध गर्दा केवल पुत्रले मात्र गर्नुपर्ने र  पितृले शान्ति प्राप्त गर्ने मान्यता छ।  हिन्दू धर्ममा अवलोकन गरिएका २६ वटा एकदशीहरुको आफ्नै विशेष मूल्य र मान्यता बोकेका छन्। त्यस्तै श्रावण शुक्लपक्षको समयमा पर्ने पुत्रदा एकदशीमाको पनि एउटा छुट्टै विशेषता छ।

हिन्दु पन्चांगको अनुसार यो एकादशी दुइ पटक एउटा साउन महिनामा र अर्को पुष महिना पर्ने गर्दछ। पुत्रदा एकादशीको महत्त्वलाई ” भविष्य पुराण” मा राजा युधिष्ठिर र श्री कृष्णको बिचको छलफलमा उल्लेख गरिएको छ। जहाँ भगवान कृष्ण आफैंले यो पवित्र व्रत पालना गर्ने विधि र फाइदाबारे युधिष्ठिरलाई सम्झाएका छन् ।

व्रत वस्ने विधि :  पुत्रदा एकादशीको दिन, श्रद्धालुहरूले बिहान सबेरै उठेर स्नानगरि भगवान विष्णुको पुजा गर्ने, भगवानलाइ पन्चामृतका स साथै फुल, तुलसी, फल, दुध र तिलले समर्पित गर्ने। यसैदिन ब्राह्मणलाई खुवाई तिनलाई सिधा तथा दक्षिणा दान गर्ने  ।

यस दिनका विशेषताहरु

१) साउन पुत्रदा एकादशीको मुख्य विशेषता व्रत हो। यस दिन व्रत बस्दा विवाहित जोडी दुवैले वस्नुपर्ने नियम छ र व्रतको हरेक प्रक्रियाहरुको पालना गर्नुपर्ने हुन्छ जसले गर्दा पुत्र प्राप्तिको योग बढाउने गर्दछ।

२) यसदिन सात्विक भोजनको ग्रहण गर्दा दुवै जोडीलाई लाभकारी हुने गर्दछ।  सात्विक भोजन जस्तै दुध, दहि, फलफुल, रोटि, मकै जस्ता अन्य खानेकुराहरु साथै यसदिन प्याज, लसुन, टमाटर, अधुवाको सेवन नगर्ने ।

३) यसदिनको व्रत दशमीदेखि नै सुरु हुने भएकाले दशमीको दिनदेखि मांसाहारी भोजन सेवन नगरे फलिफाप हुने गर्दछ।

४) ‘द्वादशी’ (१२ औं दिन) को बिहान सूर्योदय भएपश्चात एकादशीको व्रत पूरा हुने र यस बेलासम्म खाना खान नहुने।  द्वादशीको दिन  पूजाविधी समाप्त गरेपछि र ब्राह्मणलाई  दानगरे पश्चात मात्र व्रत पूरा हुने मान्यता छ।

Loading...
प्रकाशित मिति २६ श्रावण २०७६, आईतवार ०६:३४