भिरखोइरे अर्गानिक गाइजात्रा

यो समय यु ट्युब हरुमा बिशेश गरि तिज गित हरुको चर्चा परिचर्चा ले भरिएको हुनुपर्ने हो , तर त्यो प्रभाव भने अहिले न्यून देखिएको छ । अहिले नेपाल मा बेरोजगार अधिकांश युवा हरु यु ट्युब संचालन मा मोहित भएको देखिन्छ । यसैको मतलब पनि धेरै भन्दा धेरै यु ट्युब च्यानल ले दैनिक जसो नयाँ नयाँ कन्ट्रोभर्सी सहित को भिडियो पोस्ट गरिरहेको हुनाने गित संगित मा देखिनु पर्ने उपस्थिति नदेखिएको होकि भन्ने लाग्नु स्वभाबिक हो ।

उसो त यो साल गाइजात्रा नामक भिडियो पनि पोहोर साल जति नदेखिएको अवस्था छ , र देखिएका भिडियो हरुको पनि उत्साहजनक भ्यु देखिएको छैन । यसै क्रममा केही बर्स अगाडि देखि छुट्टै पहिचान का साथ हास्यब्यङ्ग्य क्षेत्र मा आफ्नो परिचय बनाएका मुक्तककार सुरज भिरखोइरे को पनि अर्गानिक गाइजात्रा नामक भिडियो यु ट्युब मा सार्वजनिक भएको छ ।

यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको भिडियो हेर्दा खेरी पनि अर्गानिक नै देखिन्छ । भिडियो मा कुनै सम्पादन र मिक्सिङ गरिएको छैन । उनी आफुलाइ कृषक भन्न रुचाउँछन् । उनी अहिले गाउंमै बाख्रा र मौरी पालन गरिरहेका छन ।

यो भिडियो पनि बाख्रा बन मा चराउंदै गर्दा तयार पारिएको उनी बताउंछन , भिडियो मा प्रत्यक्ष गाली कसैलाइ गरिएको छैन । आम जनताका दैनिक पिर हरु को संग्रह गरेर ब्यङ्यात्मक शैलिमा उन्ले गाइजात्रा सन्देश प्रवाह गरेका छन ।

तपाईं कलाकार भएर किन स्टुडियो मा गएर गाइजात्रा बनाउनु भएन भन्ने दर्शन नेपाल न्युज डट कम का दुबइ संबाददाता शंकर सुबेदिको प्रश्नमा भिरखोइरे भन्छन “नेपाल कृषि प्रधान देश हो नेपाली माटो भुमी कलाकार को आमा हुन , त्यही माटो मा जन्मिए हुर्किएं, यतिदिन भोकै रहें हलो जोतें खाली खुट्टा हिने , भन्दै मिडियामा चर्चा कमाउने कलाकार को गफ भन्दा गाउंमै बसेर आम किसानिको समस्या मा रमाउदै उहीँ भेस उहीँ परिबेस मा रहेर आम किसान को ब्यथा बोल्नको लागि यहि लोक को कलाकार बन्नको लागि आर्टिफिसियल कलाकार नबनी जे हो त्यही गर्न लाई गाउँ बाटैभिडियो ल्याएको हुँ । ”

हेर्नुहोस यो अर्गानिक गाइजात्रे भिडियो

Loading...
प्रकाशित मिति २६ श्रावण २०७६, आईतवार ०६:५९