काठमाडौँ न्यूरोडमा सांसद सुवेदीको पर्स लुटियो !

काठमाडौँ, २६ साउन । प्रदेश नं. ३ की प्रदेशसभा सांसद भावना सुवेदीको पर्स लु*टिएको छ ।काठमाडाैँको न्युरोड भीडभाडमा अ*ज्ञात व्यक्तिले आज दिउँसो झोलामा रहेको पर्स लु*टेको सांसद सुवेदीले बताएकी छन् ।भीड छिचोल्दै गर्दा पर्स लु*टिएको पत्तै नपाएको सुवेदीले बताएकी छन् ।

उनका अनुसार पर्समा सात हजार रुपैयाँ नगद र केही महत्वपूर्ण सामानहरू थिए । यस्तै, एटिएम कार्ड, सांसद परिचय पत्र लगायत पनि पर्समै रहेको उनले बताइन् ।

उनले बैंक जाँदाजाँदै ढिलो भएकाले प्रहरीले जानकारी गराइनसकेको बताइन् । महानगरीय प्रहरी परिसरले पनि सुवेदीले घ*टनाबारे जानकारी नगराएको बताएको छ।सुवेदीले प्रहरीमा भने निकै ढिला मात्रै उ*जुरी गरेकी छन् ।

बैंकको एटिएम कार्ड दु*रुपयोग हुनसक्ने भएकोले पहिला बैंकतर्फ जाँदा प्रहरीमा उ*जुरी गर्न ढिलाई भएको सांसद सुवेदीले बताइन् ।

Loading...
प्रकाशित मिति २७ श्रावण २०७६, सोमबार ०२:४१