काठमाडौं १६ असार / चर्चित लोकप्रिय गायिका मेलिना राई र गायक पदम राईको “पछि पछि” बोलको गीत सार्वजनिक भएको छ । दिपक शर्माको शब्द तथा संगीत रहेको उक्त गीतमा रिकेश गुरुङको एरेंज रहेको छ ।
माया , प्रेमको भाव समावेश गरिएको उक्त गीतमा मायासँग नै जीवन बिताउने कुरा गरिएको छ । नायक पुष्प खड्का र नायिका वर्षा राउतको साथमा गायिका मेलिना राई र गायक पदम राईको अभिनय रहेको उक्त गीतको भिडियोे नवराज उप्रेतीले छायांकन गरेका हुन् ।
फिल्मका साथ साथै गीतका भिडियोहरुमा पनि रुचाइएका नायक पुष्प खड्का र नायिका वर्षा राउतलाई उक्त गीतको भिडियोमा एक जोडीको रुपमा देख्न सकिन्छ भने नायक पुष्प खड्का र नायिका वर्षा राउतको साथमा गायिका मेलिना राई र गायक पदम राईलाई निकै राम्रो नृत्य गर्दै देख्न सकिन्छ । सुव्रतराज आचार्यको निर्देशनमा तयार भएको गीतको भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका हुन् ।