काठमाण्डौ – सोमबार कोरियन वनको मूल्य केही पैसाले घटेको छ भने अन्य विदेशी मुद्राको मूल्यमा खासै फेरबदल भएको छैन । नेपाल राष्ट्र बैंकले सोमबार एक अमेरिकी खरिददर ११२ रुपैयाँ ९९ पैसा र बिक्रीदर ११३ रुपैयाँ ५९ पैसा तोकेको छ । साउदी रियाल १ को खरिददर ३० रुपैयाँ १२ पैसा र बिक्रीदर ३० रुपैयाँ २८ पैसा छ ।
यस्तै आज कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३१ रुपैयाँ १९ पैसा तोकेको छ । सोमबार यूएई दिर्हामको बिक्रीदर भने १ पैसाले मात्र बढेको छ । १ को खरिददर ३० रुपैयाँ ७६ पैसा र बिक्रीदर ३० रुपैयाँ ९३ पैसा पुगेको छ । हिजो पनि यसको खरिददर ३० रुपैयाँ ७६ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ९३ पैसा रहेको थियो ।
मलेसियन रिंगिटको भाउमा पनि आइतबारको मूल्यमा कुनै फेरबदल भएको छैन । सोमबार रिगिंट १ को खरिददर २७ रुपैयाँ ०० पैसा र बिक्रीदर २७ रुपैयाँ १४ पैसा रहेको छ । सोमबार कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ २२ पैसा र बिक्रीदर ९ रुपैयाँ ९५ पैसा रहेको छ । आइतबार कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९ रुपैयाँ ३६ पैसा थियो ।
कुवेती र बहराइन दिनारको भाउमा पनि आइतबारको भन्दा कुनै फेरबदल भएको छैन । सोमबार कुवेती दिनार १ को खरिददर ३७१ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३७३ रुपैयाँ ७७ पैसा छ । यस्तै बहराइन दिनार १ को खरिददर २९९ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३०१ रुपैयाँ २५ रहेको छ ।नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर तलको तालिका लिस्टमा हेर्नुहोस