६ वर्षीया बालिका रबिनाको ‘काग दाजै काग दाजै’ सार्वजनिक (भिडियो)

साउन- नेपाली वरिष्ठ गीतकार तथा सर्जक अम्बिका गुरुङको सन्देशमूलक शब्दमा सजिएको बाल गीत “काग दाँजै काग दाँजै” सार्वजनिक भएकाे छ । उक्त गीतमा गुल्मीको अद्भुत कला भएकी मिठो स्वरकी धनी ६ वर्षीया बालिका रबिना बसेलले आवाज भरेकी छिन ।

कलिला नानी बाबुहरूलाई घरमा छोडेर परदेशिएका बाबाहरूलाई चाडै घर फर्किन आग्रह गर्दै गाएको यस गीतले जो कसैको मन पगाल्न सक्छ । यति सानो उमेरमा यस्तो विलक्षण प्रतिभाकी धनी बालगायिकाको अहिले चौतर्फी प्रशंसा हुन थालेको छ ।

चर्चित सङ्गीतकार राजन कार्कीको सङ्गीत तथा एरेन्ज रहेको यस गीतको म्युजिक भिडियोलाई बालबालिकालाई मन पर्ने कार्टुनहरूलाई राजन कार्कीले आकर्षक तरिकाले एनिमेसन तथा सम्पादन गरेका छन् भने भिडियोलाई भाबसागर क्रियसन मार्फत नेपाली साङ्गीतिक बजारमा सार्वजनिक गरिएको छ ।

अमेरिका निवासी वरिष्ठ गीतकार तथा सर्जक अम्बिका गुरुङले नेपाली साङ्गीतिक इतिहासमा आफ्नो नाम सुनौलो अक्षरले कोरिसकेकी छिन ।

नयाँ नयाँ प्रतिभाहरूलाई नेपाली साङ्गीतिक आकाशमा स्थापित गराउने क्रममा अहिले फरक क्षमता भएकी ६ बर्से बालिकालाई उनले सांगितक क्षेत्रमा प्रस्तुत गरेकी छिन । प्रतिभाकी धनी बाल गायिका रनबिनालाई गायक रमेश श्रेष्ठ मेलोडीले गुल्मी महोत्सवमा भेट्टाएर काठमाडौँसम्म ल्याएका हुन् ।

Loading...
प्रकाशित मिति २७ श्रावण २०७६, सोमबार १४:५८