पोखरामा प्याराग्लाइडिङ दुर्घटना : १ जनाको मृत्यु

पोखरा-पोखरामा प्याराग्लाइडिङ दुर्घट,ना भएको छ । दुर्घ,टनामा परी पाइलटको मृत्यु भएको छ भने उडानमा सँगै रहेकी युवती घाइते भएकी छन्।

मृ,त्यु हुनेमा फिस्टेल प्याराग्लाइडिङ कम्पनीका पाइलट राजु गैरे रहेका छन् । पोखरा–२८, कालिका घर भएका २८ वर्षीय पाइलट गैरेले पोखराकै सराङकोटबाट उडाएको ग्लाइडर सोमबार दिउसो १ बजेतिर दुर्घट,नामा परेको हो ।

त्यस्तै दुर्घट,नामा परी घाइते हुनेमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका–२, बासुकीकी २८ वर्षीया शिला श्रेष्ठ रहेकी छन् । घाइते शिलाको अवस्था ग,म्भीर रहेको बताइएको छ ।

उनको अहिले यहाँको मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ग्लाइडर फेवातालको किनारामा ल्याण्डिङ गर्ने क्रममा करिब २ किलोमिटर टाढा खसेको प्रहरीको भनाइ छ। फाइल तस्बिर 

Loading...
प्रकाशित मिति ८ मंसिर २०७७, सोमबार १२:५६