काठमाडौँ – चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ को शिर्ष गीत सार्वजनिक भएको छ । असोज ३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ को शिर्ष गीत सोमबार सार्वजनिक भएको हो ।
यस गीतमा संगीतकार एवम गायक कालीप्रसाद बास्कोटाको स्वर रहेको छ ।
यस गीतको भिडियोमा गायक कालीप्रसाद बास्कोटा र अनुपम शर्मालाई र्यापरको भूमिका निभाएका छन् । गीतको भिडियोलाई बिजु कर्मचारीले निर्देशन गरेका छन।
चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ मा भने याहांग राई , उपासना सिंह ठकुरी , विजय बराल , कर्मा शाक्य लगायतका कलाकारहरुको अभिनय रहेको छ