कोरोना संक्रमणबाट इन्सपेक्टरको मृत्यु

काठमाडौं – कोरोना संक्रमणबाट सशस्त्र प्रहरी बलका इन्सपेक्टरको मृत्यु भएको छ ।

सशस्त्र प्रहरी गण ३ नम्बर हेड क्वाटर मोरङमा कार्यरत इन्सपेक्टर ३३ वर्षीय नवीन बुढाथोकीको गए राति विराटनरको विराट मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।

ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई कात्तिक २६ अस्पताल भर्ना गरिएको थियो।

कात्तिक २७ गते कोरोना संक्रमण पुष्टि भएका ती सशस्त्र प्रहरी बलका इन्सपेक्टरको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । उनको उपचारकै क्रममा गए राति मृत्यु भएको अस्पतालले जनाएको छ ।

Loading...
प्रकाशित मिति ९ मंसिर २०७७, मंगलवार ०८:४१