आज ह्वात्तै घट्यो सुनको भाउ : तोलाको कती छ ? हेर्नुहोस्

काठमाडौँ /नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा १ हजार ८०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य घटेर तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छ। यसैबीच मंगलबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । सोमबार तोलामा १ हजार २१० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार तोलामा १ हजार १८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

Loading...
प्रकाशित मिति ९ मंसिर २०७७, मंगलवार ०८:४८