बिरामी बोकेको जीप त्रिशूली नदिमा खस्यो

त्रिशूलीमा पिकअप भ्यान खस्दा तीन जना बेपत्ता भएका छन् भने एक जना घाइते भएका छन् ।

प्युठानबाट बिरामी बोकेर काठमाडौँ जाँदै गरेको पिकअप भ्यान आज बिहान सडकबाट करिब ६० मिटर तल त्रिशूलीमा खसेको हो ।

प्रहरीका अनुसार इच्छाकामना गाउँपालिका–४ नाग्दी खोलाबाट लु१च ९७३१ नम्बरको गाडी त्रिशूलीमा खस्दा पिकअपमा सवार चारमध्ये एक जना घाइते भएका हुन् ।

घाइते हुनेमा प्युठान घर भएका ३८ वर्षीय मुकुन्दबहादुर रोक्का रहेका छन् भने बेपत्ता हुनेमा प्युठानको झिम्रुक गाउँपालिका–१ का २३ वर्षीय सूर्य केसी, ३३ वर्षीया जमुना रोक्का र बिरामी १५ वर्षीया जिनिसा रोक्का रहेका छन् ।   फाइल तस्बिर 

Loading...
प्रकाशित मिति ११ मंसिर २०७७, बिहीबार ०३:२०