भक्तपुरको बालकोट बस्दै एक बालक बेपत्ता भएका छन् ।
काठमाण्डौं बुद्धनगरमा स्थित केएमसी स्कुलमा कक्षा ८ मा अध्ययनरत बालक जेन्सल रावल ३ दिन देखि वेपत्ता भएको अभिभावकले बताएका छन् ।
शनिबार साँढे ८ बजे घरबाट निस्किएका जेन्सनले वेपत्ता हुनु अघि १८ बर्षका अभिषेक बस्याललाई भेटेको पाइएको छ ।
परिवारले खबर गरेपछि प्रहरीले बस्याललाई नियन्त्रणमा लिई अनुसनधान गरिरहेको छ । प्रहरीले जेन्सन र अभिषेकले त्यस दिन भेटेको देखिएपनि त्यसपछिका प्रमाण नभेटिएको बताएको छ।काठमाण्डौं प्रहरी परिसर टेकु र अपराध अनुसन्धान व्यूरोले जेन्सनको खोजी गरिरहेको छ ।
जेन्सनका परिवारले बालकको खोजीमा सहयोग गरिदिन आग्रह गरेका छन् ।