कोरोना कहरका बिच रोजगारीका लागि विदेश हिँडे नेपाली

काठमाडौं १३ मंसिर / विश्वव्यापी फैलिएको कोरोना भाइरस ( कोभिड-१९) का कारण लामो समयदेखि सुनसान रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशिने यात्रुहरुको चहलपहल बढ्न थालेको छ ।

कोरोनाका कारण बन्द रहेका कम्पनीहरुमा काम सुचारु भएसँगै नेपाली श्रमिकहरु विदेशिन कसिएका छन् ।

वैदेशिक रोजगारीमा जान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पुगेका नेपाली पिसिआर रिपोर्ट देखाउन लामबद्ध भएर लाइनमा बसेका थिए।

विश्वभर फैलिएको कोरोना भाइरसका कारण यात्रुले कोरोनाको नेगेटिभ रिपोर्ट देखाएपछि मात्र हवाई यात्रा गर्न पाउँछन् ।

Loading...
प्रकाशित मिति १३ मंसिर २०७७, शनिबार १२:१२