दुलही बनिन् नायका केकी अधिकारी

काठमाडौं १६ मंसिर / गायक तथा मोडल प्रकाश सपुतको चलचित्र ‘परदेशी २’ को पछिल्लो समय निकै चर्चा छ । अहिले चलचित्र ‘परदेशी २’ को छायांकन पनि शुरु भइसकेको छ ।

अहिले यस चलचित्रको छायांकन पाल्पाका विभिन्न स्थानमा भइरहेको छ । यसैबीच अभिनेत्री केकी अधिकारीको नयाँ लुक्स सार्वजनिक भएको छ । केकी दुलहीको भेषमा देखिएकी छिन् ।

केकीले सामाजिक सञ्जालमार्फत दुलहीको भेषमा सजिएको तस्विर सार्वजनिक गरेकी हुन् । ‘छ माया छपक्कै’ बाट सफलता हात पारेकी केकीको नयाँ लुक्सले सबै अचम्मा परेका छन् । उनले ‘परदेशी २’ को छायांकन स्थलबाटै दुलही बनेको तस्बिर सार्वजनिक गरेकी हुन् ।

यस चलचित्रमा केकीले निर्वाह गर्ने भूमिकाबारे निर्माण टिमले जानकारी गराएको छैन । चलचित्रमा प्रकाश सपुत, प्रशान्त तामाङ, अभिनेत्री वर्षा सिवाकोटी र दीलिप रायमाझीको मूख्य भूमिका रहेको छ ।

Loading...
प्रकाशित मिति १६ मंसिर २०७७, मंगलवार १५:१३