प्रेम गर्नेहरु सबैले हेर्नै पर्ने भिडियो ‘कोही न कोही’

काठमाडौँ १६ असार । गायक कृष्ण लामाको ‘कोही न कोही’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा जोन छन्त्यालको शब्द रहेको छ भने रमेशराज भट्टराईको संगीत रहेको छ । गीतको भिडियोलाई श्रवन भट्टराईले छायाङ्कन गरेका छन् । जसमा पारिदि झा, कृष्ण लामा, आरोहि सुबेदी र लभन्सीको दमदार अभिनय रहेको छ ।

भिडियो

दिलिप श्रेष्ठले निर्देशन गरेको भिडियोमा वैँशालु उमेरमा एउटा प्रेमीले प्रेमीकासँग गरेका वाचा र उनकै लागी बाँच्ने मर्ने कुरालाई जिवन्त शैलीमा देखाइएको छ । भिडियो सार्वजनिक गरिएसँगै राम्रो प्रतिक्रिया आइरहेको निर्माण यूनिटले जनाएको छ ।

Loading...
प्रकाशित मिति १६ असार २०७६, सोमबार १६:५३