टेन्सन क्षेत्रीको ‘बर्दियामा घर छ’ ( भिडियो सहित )

काठमाडौं, / पछिल्लो समय गित संगीत प्रति धेरैको आकर्षन बढ्दो छ । नेपाली लोकदोहोरी गितमा अभिनय गरेर चर्चामा आउन चाहानेहरु पनि धेरै छन ।

सुदुर पश्चिम घर भएका टेन्सन क्षेत्रीले आफ्नो गित संगीत प्रतिको चाहाना पूरा गर्न कमल बिसी माल्दाईको तिज गित “बर्दियामा घर छ, मलाई के को डर छ ” बोलको तिज गितमा अभिनय गरेका छन ।

पहिलो पटक भए पनि उनले निकै राम्रो अभिनय गरेका छन । उनले यादब देबकोटा ( सरापे ) अञ्जली चन्द संगै दम्दार अभिनय गरेका छन । अब उनी डान्स सिकेर डन्सिङ गितमा पनि नाच्ने तयारीमा छन । सानै देखि गित संगीतमा रुचि भएका टेन्सन क्षेत्री मोडलिङ संगै आफै गित पनि गाउछन ।

उनलाई गायक कमल बिसी माल्दाइले पहिलो पटक म्युजिक भिडियोमा अभिनय गर्ने अबसर दिएका हुन । गायक बिसीको तिज गित “बर्दियामा घर छ ” गायक बिसीकै आफ्नै युट्युब च्यानल बाट बजारमा आएको छ । अहिले यश गितलाई धेरैले रुचाइरहेका छन ।

Loading...
प्रकाशित मिति २८ श्रावण २०७६, मंगलवार ०७:२५