देबी घर्ति र सुष्मिता घर्तीको तीज गीत “माइती” सार्वजनिक

काठमाडौं / नेपाली नारीको महान पर्व तीजको अवसरमा बिभिन्न तीज गीतहरु नेपालीसांगीतिक बजारमा आउने क्रम जारि छ , यहि भिडमा लोकप्रिय गायिका देवी घर्ति मगरको लयमा समेटिएको तीज गीत “माइती” भर्खरै रिलिज गरिएको छ |

श्रीमान श्रीमतीको माया प्रेम अनि माइती प्रतिको स्नेह अनि बिभिन्न कठिनाइले माइत जान रोक लगाएको कथामा आधारित यो गीतलाई तामझाम रहित सरलता सहित खिचिएको छ ! देबी घर्ति राजु ढकाल नामक युट्युब च्यानल मार्फत बजारमा ल्याइएको यो गीतको शब्द भने गायक राजु ढकालले लेखेका हुन् |

भिडियोलाई सरल सहज कथामा प्रस्तुत गर्न सफल भएका छन् निर्देशक तथा छायाँकार दुर्गा पौडेल ! त्यसैगरी गीतको मर्म बुझेर न्यायिक अभिनय गर्न पछी परेका छैनन् मोडल द्वय मालती घले र धुर्ब पोखेरेल !

आशय डिजिटलले बजार ब्यबस्थापन यो गीतमा स्वर भने गायक राजु ढकाल र गायिका सुष्मिता घर्ति मगर ले भरेका छन् !

Loading...
प्रकाशित मिति २८ श्रावण २०७६, मंगलवार ०९:३७